तानसेनमा मगर एकता दिवसमा सार्वजनिक विदा
सोमबार, फागुन १, २०७९
राष्ट्रपति निर्वाचनले उब्जिएका प्रश्न
सोमबार, फागुन १, २०७९
सरकार निर्माणको क्रममा नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको थियो तर ओलीको छानबिन र स्वाभावबाट राम्रोसँग परिचित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर पुर्व सहमतिबाट पछाडी हटेको अवस्था छ । दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने प्रतिक्रिया दिएपछि नेकपा एमाले यतिखेर दाहालसँग त्रसिएको छ ।
बेथल बोर्डिङले मनायो २६ औं वार्षिकोत्सव
सोमबार, फागुन १, २०७९
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
लामो कसरतपछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता
सोमबार, फागुन १, २०७९
सरकार गठन भएको एक महिनाको लामो कसरतपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेशमा सत्ता गठबन्धनमा भागबण्डाको टुँगो लागेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन् ।
आज विश्व रेडियो दिवस मनाइदैं
सोमबार, फागुन १, २०७९
विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र शान्ति’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
बजेटको आकार घट्यो
सोमबार, फागुन १, २०७९
चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाइएको बताएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको हो । सो अघि संघीय संसदलाई जानकारी...
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो
आइतबार, माघ २९, २०७९
कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीका विषयमा संसद्मा कुरा उठेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सांसद् डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको आइतबारको बैठकमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
आइतबार, माघ २९, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन–२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सोमबार देशभर सार्वजनिक बिदा
आइतबार, माघ २९, २०७९
सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको जनाइएको छ ।
चिकित्सकहरुको आन्दोलन स्थगित
आइतबार, माघ २९, २०७९
चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
शान्ति सुरक्षामा कमी आउन दिन्न : प्रहरी उपरीक्षक शर्मा
आइतबार, माघ २९, २०७९
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्व शर्माले जिल्लाको शान्ति सुरक्षाका कुुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पामा सरुवा भई आएका शर्माले जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबूद बनाउने बताएका हुन् ।


