Shittalpati
अस्ट्रेलियाद्वारा भारत पराजित

काठमाडौं, बोर्डर गाभस्कर ट्रफीको तेस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । इन्दोरमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ९ विकेटले हराएको हो ।

खेलको तेस्रो दिन अस्ट्रेलियाले जितका लागि ७६ रनको सामान्य लक्ष्य पाएको थियो । अस्ट्रेलियाले खेलको १९ औँ ओभरमै लक्ष्य भेटायो । पहिलो इनिङ्समा १ सय ९ रनमा अलआउट भएको भारतले दोस्रो इनिङ्समा १ सय ६३ रन बनाएको थियो । यस्तै अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९७ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया वल्र्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेका छ । वल्ड टेस्ट च्याम्पियनशिपको फाइनल आउँदो जुनमा बेलायतको ओभलमा हुनेछ । बोर्डर–गाभस्कर ट्रफीमा भारत २–१ ले अघि छ । पहिलो र दोस्रो टेस्टमा भारतले अस्ट्रेलियालाई हराएको थियो । अब फाइनलमा अर्काे टिमको टुङ्गो भारत–अस्ट्रेलियाबीच हुने चौथो टेस्टले लगाउनेछ । भारतले त्यो टेस्ट जितेमा ऊ फाइनल पुग्नेछ । यदि भारतले त्यो टेस्ट हारेमा फाइनलमा पुग्ने दोस्रो टिमको टुङ्गो न्युजिल्यान्ड र श्रीलड्ढाबीचको टेस्ट शृंखलापछि हुनेछ । श्रीलड्ढाले यस महिना न्युजिल्यान्डमा २ वटा टेस्टको शृंखला खेल्दैछ । श्रीलड्ढाले भारतलाई फाइनलमा पुग्न नदिन वल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा स्थान बनाउन न्युजिल्यान्डलाई २–० ले हराउनुपर्नेछ ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update