उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित
शनिबार, माघ ७, २०७९

कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
शनिबार, माघ ७, २०७९
कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सरकारको पहिलो गाँसमै ढुंगा
शनिबार, माघ ७, २०७९
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ बाझिएका मन्त्रीहरु नियुक्ति गरेपछि आचोचना सुरु भएको छ । अधिकांश केही गरूँ भन्ने हुटहुटी भएका नयाँ अनुहारहरूलाई मन्त्रिपरिषद्मा सामेल गरी केही राम्रो सन्देश दिन खोजेको सरकारले सोझै स्वार्थ बाझिएका केही मन्त्रीहरू छनोट गर्दा भने पहिलो गाँसमै ढुंगा लागेको छ ।

घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि
शनिबार, माघ ७, २०७९
पाल्पा,घर निर्माण तथा खरीदका लागि सर्वसाधारणलाई उपलब्ध गराउने घरकर्जाको ब्याजदर वार्षिक ९ प्रतिशतभन्दा माथि पुगेको छ । वाणिज्य बैंकहरूले सर्वसाधारणलाई घरकर्जा उपलब्ध गराउदै आएका छन् । तरलताको दबाबसँगै बैंकहरूले ब्याजदर वृद्धि गरी निक्षेप संकलन गरेपछि लागत बढेर आधारदरसँगै ब्याजदर महँगो भएको हो ।

रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम
शनिबार, माघ ७, २०७९
जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।

कालीगण्डकी डाइभर्सन,‘नदीलाई कुनै पनि हालतमा तोडमोड गर्न दिन्नौं’
शनिबार, माघ ७, २०७९
कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् ।

बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह
शुक्रबार, माघ ६, २०७९
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरे ।

नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व
शुक्रबार, माघ ६, २०७९
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व आएको छ । युनियनको दाङको घोराहीमा भएको प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
शुक्रबार, माघ ६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएका हुन् ।

पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ
शुक्रबार, माघ ६, २०७९
जिल्लाका धेरैजसो गाउँहरुमा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ । यहाँका कृषहरुले व्यावसायिक रुपमा गर्न थालेपछि सुन्तला खेती फस्टाउँदै गएको हो । लामो समयसम्म अन्य खेती गर्दै आएका यहाँका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यावसायिक खेतीतर्फ लागेका हुन् ।

रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’
शुक्रबार, माघ ६, २०७९
रुपन्देही जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड...
.jpg)
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण
शुक्रबार, माघ ६, २०७९
शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखिकरण दिइएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका शिक्षकहरुका लागि दुुई दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।