Shittalpati
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका कुमार दशौदी विजयी भएका छन् । उनले ४ हजार २६ मत प्राप्त गरेर राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।
सभामुखसँग चिनियाँ राजदूतको भेट
सभामुखसँग चिनियाँ राजदूतको भेट सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यामाहाले ल्यायो ‘भ्यालेन्टाइन डे’ योजना
यामाहाले ल्यायो ‘भ्यालेन्टाइन डे’ योजना यामाहाले ‘भ्यालेन्टाइन डे’ को अवसरमा अत्यन्त आर्षक योजना ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘की टू द गोल्डेन हार्ट’ योजना ल्याएको हो ।
रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन
रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुवात गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।
अर्यालले गरिन पदभार ग्रहण
अर्यालले गरिन पदभार ग्रहण राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपाध्यक्ष उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन् ।
मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने
मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
भारतलाई हराउँदै नेपाल फाइनलमा नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । ढाकामा मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
Weather Update