Shittalpati
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्युत महसुुल दर वृद्धिको प्रस्तावमा आपत्ति जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्तावप्रति नगर प्रमुख थापाले आपत्ति जनाएका हुन् ।

नगर प्रमुख थापाले आईतबार विज्ञप्ति जारी गर्दै विद्युत महशुल दर वृद्धि गर्नका लागि वितरण केन्द्रले विद्युत नियमन आयोगमा प्रस्ताव पेश गरी आवश्यक राय सल्लाहाका लागि गरेको सार्वजनिक सुनुवाई औपचारिकतामा मात्रै सिमित रहेको भन्दै प्रस्ताव प्रति असहमति जनाएका हुन् । ‘हाल प्रति युनिट ५ दशमलव ८ सय ७ रुपैयाँ कायम रहेको विद्युत महसुुल दरलाई बढाएर प्रति युनिट ११ रुपैयाँ बनाउने उक्त प्रस्ताव प्रति रामपुर नगरपालिकाको पूर्ण असहमति छ’ नगर प्रमुख थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सम्बन्धित पालिका र सरोकारवालाहरुसँग कुनै समन्वय नगरी जनताको ढाड सेक्ने गरी विद्युत महसुुल दर वृद्धिको प्रस्तावप्रति आपत्ति रहेको नगर प्रमुख थापाले जनाएका छन् । उनले आयोगमा प्रस्ताव पेश गरी सरोकारवाला र उपभोक्ताले थाहा नपाई सार्वजनिक सुनुवाई गरी वृद्धिको प्रक्रिया अगाडि बढाउनुु गलत रहेको बताए । बुटवल पावर कम्पनीले गरेको यो प्रस्ताव र प्रक्रिया आम जनताको हित विपरित रहेकाले उक्त प्रस्तावमा कुनै निर्णय नगर्न सम्बन्धित निकाएको ध्यानाकर्षण समेत नगर प्रमुुखले गराएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update