Shittalpati
आज एमाले अध्यक्ष ओली तानसेन आउँदै

पाल्पा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज तानसेनको दमकडामा आउने जनाइएको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरी वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दमकडा आउन लागेका हुन् ।

नेकपा एमाले पाल्पाले आयोजना गर्न लागेको जिल्ला भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली दमकडा आउन लागेको एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेयले बताए । उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम विहान १२ बजे हुने जनाइएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत देशभर मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ । सो अभियानलाई सम्बोधन गर्न ओली देश दौडाहमा रहेका छन् । उनले आइतबार अर्घाखाँची, सोमबार गुल्मीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update