Shittalpati
थप १ सय ४२ मा कोरोना संक्रमण पुष्टि

पाल्पा, पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित पाइएको हो ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३ सय ८१ र एन्टीजेन विधिबाट ६ सय ९८ जनाको परीक्षण गरिएकोमा १ सय ४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update