Shittalpati
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम

पाल्पा, जिल्लाको रामपुरमा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा सञ्चालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाका बारेमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्थानीय सरकार सञ्चालनका लागि स्थानीय तहमा विभिन्न कानुन निर्माणको प्रक्रिया, कानुनी आधार र व्यवस्था, कानुन तर्जुमाको आवश्यकता, स्थानीय सरकारको काम कर्तव्य र अधिकारका आधारशिला, अधिकारको बाँडफाँडको ढाँचा र प्रयोग, कानुन निर्माणका सिमा, अधिकार र जिम्मेवारीका विषयमा सहजिकरण गरिएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कानुनी राज्य सञ्चालनको महत्वपूर्ण पाटो भएको बताए । हरेक निकायको सञ्चालन र कार्य सम्पादन कस्तो कानुन निर्माण गर्ने भन्ने विषयले महत्वपूर्ण अर्थ राख्ने उनले बताए ।

राज्य र सरकारलाई सफल पार्न निर्माण गरिने कानुनमा निर्भर हुने भन्दै स्थानीय तहलाई सफल बनाउन सहि कानुनको निर्माण गर्न आवश्यक रहेको नगर प्रमुख थापाले बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संविधानले व्यवस्था गरे बमोजिम हरेक तह सञ्चालनका लागि सबैले उपयुक्त कानुन बनाउनु पर्ने बताए । तालिमको सहजिकरण सहजकर्ता अनिल खनालले गरेका थिए । योजना शाख प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update