Shittalpati
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु आगोमा जलेर गुल्मीकी एक ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने
रामपुर नगर सरकारले खेलाडीको बिमा गरिदिने जिल्लाको रामपुर नगरपालिकाले खेलाडीहरुको बिमा गरिदिने भएको छ । उसले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुको दुर्घटना बिमा गरिदिने भएको हो ।
रामपुरमा मगर एकता दिवसमा सार्वजनिक विदा
रामपुरमा मगर एकता दिवसमा सार्वजनिक विदा राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको रामपुरमा सार्वजनिक विदा हुने भएको छ । रामपुर नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी ससुरालीमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
उपनिर्वाचनका लागि दल दर्ता आह्वान आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न...
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो ।
महाशिवरात्रिको सन्देश
महाशिवरात्रिको सन्देश
मोबाइल पसलमा भएको चोरीको घटनाप्रति पाल्पाली मोबाइल संघको ध्यानाकर्षण
मोबाइल पसलमा भएको चोरीको घटनाप्रति पाल्पाली मोबाइल संघको ध्यानाकर्षण काठमाडौंको एक मोबाइल पसमा भएको चोरीको घटनाप्रति प्रस्तावित पाल्पाली मोबाइल संघले ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनको क्रममा भएको घटनालाई अमानवीय ठहर गर्दै संघले विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
सरकारले पाल्पासहित ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने
सरकारले पाल्पासहित ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने सरकारले पाल्पासहित देशका विभिन्न थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ सहित देशका ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
नेपालले स्कटल्याण्डलाई हरायो
नेपालले स्कटल्याण्डलाई हरायो आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।
Weather Update