प्रधानमन्त्री दाहालविरुद्धको रिटमा कारण देखाऊ आदेश
शुक्रबार, फागुन २६, २०७९
‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम
शुक्रबार, फागुन २६, २०७९
अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात
शुक्रबार, फागुन २६, २०७९
चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो ।
रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन
शुक्रबार, फागुन २६, २०७९
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट ३० लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम संकलन गरेको हो ।
धुर्कोटमा नयाँ गुफा फेला
शुक्रबार, फागुन २६, २०७९
गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलि·, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे...
स्थानीय सरकारले गरे महिलालाई सम्मान
शुक्रबार, फागुन २६, २०७९
जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेका हुन् ।
चैतदेखि ब्याजदर घटाउँदै बैंक
शुक्रबार, फागुन २६, २०७९
आगामी चैत्रदेखि व्याजदर घट्ने भएको छ । बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैत १ गतेदेखि कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।
तरंगीत बन्दै नेपाली राजनीति
शुक्रबार, फागुन २६, २०७९
नेपालको राजनीतिमा पुनः कालो बादल लाग्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहलको मुद्दाको विषयलाई लिएर धमिलो पानीमा माछा मार्न खोज्नेहरुका लागि ठिक होला तर मुलुकमा स्थिर राजनीतिक गतिविधी, आर्थिक उन्नती खोज्नेहरुका लागि अवश्य पनि यो राम्रो होइन । यसले मुलुकलाई अराजकतासँगै अस्थिर राजनीतिक खलब...
नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।
२९ हजारले लिए ई–सिम
बिहीबार, फागुन २५, २०७९
नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी,...
राष्ट्रपतिमा पौडेल विजयी
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।
नेपाल ५२ रनले विजयी
बिहीबार, फागुन २५, २०७९
आइसिसी विश्वकप क्रिकेट लिग(२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो ।...
तानसेनमा व्यवस्थित खुला मैदानको अभाव
बिहीबार, फागुन २५, २०७९
जिल्लाको सदरमुकाम तानसेन बजारमा खुला मैदानको अभाव रहेको छ । यहाँ व्यस्थित मैदान छैनन् भने भएको एक मात्र टुँडिखेल मैदान पनि मर्मत सम्भारको क्रममा रहेको छ । यहाँ पर्याप्त खुला मैदान नहुँदा खेलकुदका गतिविधिदेखि मेला महोत्सव हुन सकेका छैनन् भने भए पनि बाहिर गएर गर्नुपर्ने बाध्यता रहेको छ ।


