दुई दर्जन कम्पनी कालोसूचीमा
सोमबार, फागुन २९, २०७९
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
सोमबार, फागुन २९, २०७९
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ
सोमबार, फागुन २९, २०७९
नेपालले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । आज उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै राष्ट्रपतिको जिम्मेवारी पाउने छन् । नवनिर्वाचित पोडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गरी राष्ट्रपति कार्यालय शितल निवास प्रवेश गर्ने छन् । उनको प्रवेशसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने विदाई हुनेछिन् ।
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी
सोमबार, फागुन २९, २०७९
रुपन्देही जिल्ला अदालत भैरहवामा दुई वर्षसम्म फैसला नभएका मुद्दाको संख्या तीन सय २४ पुगेको छ । अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो संख्याका मुद्दा दुई वर्ष पुराना छन् ।
पासासले मनायो छविलाल शतवार्षिकी
सोमबार, फागुन २९, २०७९
जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल पाल्पा साहित्य समाजले पाल्पाली कवि छविलाल नेपालको स्मृतिमा शतवार्षिकी मनाएको छ । समाजले तानसेनमा साहित्यिक समारोहको आयोजना गरी छविलाल शतवार्षिकी मनाएको हो ।
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
आइतबार, फागुन २८, २०७९
प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।
मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत
आइतबार, फागुन २८, २०७९
उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको...
सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा
आइतबार, फागुन २८, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो ।
आयातसँगै निर्यात पनि घट्यो
आइतबार, फागुन २८, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्क अनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो ।
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
आइतबार, फागुन २८, २०७९
बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् ...
तानसेनका युवाहरुले खोले सहकारी
आइतबार, फागुन २८, २०७९
तानसेनका युवाहरुले सहकारी सञ्चालनमा ल्याएका छन् । कृषि पशुपालनमा लागेका यहाँका व्यवसायिक युवाहरुले जिल्लामै पहिलो युवा सहकारी खोलेका हुन् । तानसेनका ५५ जना कृषि पशुपालन क्षेत्रमा क्रियासिल युवाहरु मिलेर तानसेन युवा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएका छन् ।
रामपुरमा डिजिटल परिचय पत्र वितरण
आइतबार, फागुन २८, २०७९
जिल्लाको रामपुरमा डिजिटल प्रविधिमार्फत परिचय पत्र वितरण गर्न थालिएको छ । रामपुर नगरपालिकाले जिल्ला मै पहिलो पटक डिजिटल प्रविधिको प्रयोग गरी परिचयपत्र वितरण थालेको हो । नगरपालिकाले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि डिजिटल परिचय पत्र वितरण गरेको छ ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, फागुन २८, २०७९
जिल्लाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान माथागढी गाउँपालिका–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।


