Shittalpati
तानसेनको लक्ष्मीनारायण मन्दीरमा राप्रपाले गर्यो सरसफाई

कृष्ण पोखरेल
पाल्पा ,नयाँ बर्ष २०८० को अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी तानसेन नगर कमिटीले मन्दिर क्षेत्रमा सरसफाई गरेको छ । नयाँ बर्षको पहिलो दिन शुभ कार्य तथा सामाजिक कामबाट पार्टीको काम शुरुवात गर्ने अभियान अन्र्तगत राप्रपाले तानसेन– ३ बसन्तपुरमा रहेको लक्ष्मीनारायण मन्दिर क्षेत्रमा सरसफाई गरेको हो ।

मन्दिर सरसफाई अभियानमा राप्रपा पाल्पाका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, राप्रपा तानसेन नगर कमिटी अध्यक्ष सदिष श्रेष्ठ, नगर कार्यसमिति सदस्य मानबहादुर नेपाली, समाजसेवी मिनबहादुर केसी, मन्दिरका पुजारी लगायत नगर कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । राप्रपा लुम्बिनी प्रदेश समितिको अनुरोधमा प्रदेशका १२ वटै जिल्लाका मन्दिरहरुमा सरसफाई गरिएको थियो । राप्रपा तानसेनले विहान साढे ७ बजेदेखी साढे ८ बजेसम्म लक्ष्मीनारायण मन्दिर सरसफाई गरेको हो । ‘अवलोकनको क्रममा मन्दिर क्षेत्रमा अत्याधिक फोहोर देख्यौ हामीले झारपात लगायतका अन्य फोहोरहरु पूर्ण रुपमा सरसफाई गरी कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै स्थानमा व्यबस्थापन गरेका छौं ’ राप्रपा जिल्ला अध्यक्ष कुवँरले भने ।

राप्रपा हिन्दुधर्मको संरक्षक र प्रचार गर्ने मुल उद्देश्य बोकेर हिडेको पार्टी भएकाले नव बर्षको पहिलो दिन मन्दिर सरसफाईमा जुटेको जिल्ला अध्यक्ष कुवँरले बताए । राप्रपाले सनातन हिन्दु धर्म र सबैधानिक राजतन्त्रको मुल मुद्दा बनाउदै आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update