Shittalpati
पाल्पामा डढेलो जनचेतना सप्ताह
पाल्पामा डढेलो जनचेतना सप्ताह पाल्पाका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि डढेलो जनचेतना सप्ताह कार्यक्रम थालिएको छ । डिभिजन वन कार्यलयले बुधबारदेखि सो कार्यक्रम सुरु गरेको हो । डिभिजन वनले बुधबार श्रीनगर क्षेत्रमा बन डढेलो नियन्त्रणका लागि व्यवहारिक अभ्यास गर्दै सप्ताहव्यापी कार्यक्रमको शुुभारम्भ गरेको छ । उसले विहीबार पत्रकार सम्मेलन गरी डढेलो सचेतना सप्ताह कार्यक्रमको...
मलमा अनुदान कटौति गरेपछि विरोध
मलमा अनुदान कटौति गरेपछि विरोध सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौति गरेपछि चौतर्फीक विरोध सुरु भएको छ । अनुदान कटौती गरेपछि विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल
यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
इन्धनको मूल्य घटेर आयो
इन्धनको मूल्य घटेर आयो भारतबाट इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालाई मूल्य घटाएर पठाएको हो ।
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आयोगको ध्यानाकर्षण
आयोगको ध्यानाकर्षण निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।
पाल्पा दरबार क्षेत्रका घर संरचना हटाइँदै
पाल्पा दरबार क्षेत्रका घर संरचना हटाइँदै तानसेनमा रहेको ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घरसंरचना हटाइने भएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन यहाँका घरसंरचना हटाउन लागिएको हो ।
तानसेनको श्रीनगरमा डढेलो नियन्त्रणको अभ्यास
तानसेनको श्रीनगरमा डढेलो नियन्त्रणको अभ्यास गर्मी मौसम शुरु भएसँगै देशभरी आगलागीका घटनाहरु बढ्दै गएको समयमा डढेलो नियन्त्रणका लागि पाल्पामा नौलो अभ्यास सुरु भएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि डिभिजन वन कार्यालय पाल्पाले श्रीनगरडाँडाको जंगलबाट नौलो अभ्यास सुरु गरेको हो ।
अधिकांश मासु पसल मापदण्ड विपरीत
अधिकांश मासु पसल मापदण्ड विपरीत यहाँका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
पाल्पामा पनि बढ्यो दूधको मूल्य
पाल्पामा पनि बढ्यो दूधको मूल्य पाल्पामा पनि बुधबारदेखि दुधको मूूल्य बढेको छ । सरकारले दुधको मूूल्य बढाएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल डेरी एसोसिएसन पाल्पाले दुधको मूूल्य बढाएका हुन् ।
कर्मचारीको विवरण बुझाउन निर्देशन
कर्मचारीको विवरण बुझाउन निर्देशन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ ।
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।
Weather Update