Shittalpati
भद्रगोल राजनीति
भद्रगोल राजनीति नेपाली राजनीति बुझिनसक्नु छ । मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । ति राजनीतिक दलको सिद्धान्त के हो ? भन्ने कुरा ठम्याउन सकिँदैन । राजनीतिक सिद्धान्त, निष्ठा वा आदर्शले कुनै पनि राजनीतिक दलमा काम गरेको देखिँदैन । दलहरू सत्ता र शक्ति केन्द्रीत भएका छन् । विशेष गरेर सत्तालाई भागबन्डा गर्ने...
आज तानसेनमा चीर ठड्याइँदै
आज तानसेनमा चीर ठड्याइँदै जिल्लाको सदरमुुकाम तानसेनमा आज चीर ठड्याइँदै छ । लामो समयपछि तानसेनको टक्सारटोलस्थित गणेश मन्दिर परिसरमा चीर ठड्याउन लागिएको हो ।
नेप्से परिसूचकमा चार दशमलव ५५ अंकको सुधार
नेप्से परिसूचकमा चार दशमलव ५५ अंकको सुधार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र उतारचढावका बीच सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आइतबार चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ विन्दुमा कायम भएको हो ।
शिक्षकले पाएनन् पारिश्रमिक
शिक्षकले पाएनन् पारिश्रमिक गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।
तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’
तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’ प्लाष्टिक जन्य फोहोर व्यवस्थापन गर्ने उद्देश्यले तानसेनमा ‘प्लोग्गिङ्ग म्याराथन’ प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा अध्ययनरत विद्यार्थीहरुद्वारा गठित रोट्रायाक्ट क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लव अफ पाल्पा लुुम्बिनीको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने
लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
दुई महिनामै भत्कियो सत्ता गठबन्धन
दुई महिनामै भत्कियो सत्ता गठबन्धन पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै गठबन्धनको यात्रा तय गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि पहिले प्रधानमन्त्री नदिएपछि निराश बनेका दाहाल त्यतिबेला अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ...
तिनाउका किसानलाई मकै रोप्ने मेसिन
तिनाउका किसानलाई मकै रोप्ने मेसिन जिल्लाको तिनाउ गाउँपालिकाले किसानलाई मकै रोप्ने मेसिन निःशुल्क दिएको छ । पालिकाले मकै उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोगप्रति किसानलाई आकर्षित गर्न मेसिन दिएको हो । पछिल्लो समय मकैको माग अत्याधिक रहेपनि उत्पादन कम हुँदा उपभोक्ताले महँगो मूल्यमा मकै खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी गाउँपालिकाले मेसिन वितरण गरेर आधुनिक प्रविधिको प्रयोगको...
Weather Update