Shittalpati
मोबाइल पसलमा भएको चोरीको घटनाप्रति पाल्पाली मोबाइल संघको ध्यानाकर्षण
मोबाइल पसलमा भएको चोरीको घटनाप्रति पाल्पाली मोबाइल संघको ध्यानाकर्षण काठमाडौंको एक मोबाइल पसमा भएको चोरीको घटनाप्रति प्रस्तावित पाल्पाली मोबाइल संघले ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनको क्रममा भएको घटनालाई अमानवीय ठहर गर्दै संघले विज्ञप्तीमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
सरकारले पाल्पासहित ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने
सरकारले पाल्पासहित ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने सरकारले पाल्पासहित देशका विभिन्न थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ सहित देशका ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
नेपालले स्कटल्याण्डलाई हरायो
नेपालले स्कटल्याण्डलाई हरायो आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।
सांसद भण्डारीको ‘दुवै खुट्टाको शल्यक्रिया, आत्तिनुपर्ने अवस्था छैन’
सांसद भण्डारीको ‘दुवै खुट्टाको शल्यक्रिया, आत्तिनुपर्ने अवस्था छैन’ घरमै ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका काँग्रेस नेता तथा गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार जारी छ । सांसद भण्डारीको अवस्था स्थिर रहेको र आज दुवै खुट्टाको सफल शल्यक्रिया गरिएको नेपाली काँग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।
काँग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
काँग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै बुधबार राति खाना पकाउने ग्याँस लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली काँग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ?
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ? बुुधबार राति घरमा आगलागी हुँदा नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते भए । आमा ८६ वर्षीया हरिकलाको त उपचारका क्रममा मृत्यु भयो भने डा.भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । ग्याँस लिकेज भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यकिन छैन ।...
रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई
रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई निर्माण गरिएको रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १५ शैयाको उक्त भवन एक कार्यक्रमका बिच रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देहीबाट बजेट विनियोजन भई भवन निर्माण गरिएको थियो ।
निःशुल्क एम्बुलेन्स चलाउँदै वडा सदस्य थापा
निःशुल्क एम्बुलेन्स चलाउँदै वडा सदस्य थापा गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वादी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन् । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् ।
मोलुङ हाइड्रोपावरको आइपीओ खुला
मोलुङ हाइड्रोपावरको आइपीओ खुला पछिल्ला केही दिन यता धमाधम कम्पनीहरुले आइपीओ खुला गरिरहेका छन् । लगानीकर्ताहरुको यसतर्फ आकर्षण बढ्दै गएपछि कम्पनीहरुले सेयर विक्री खुला गरिरहेका हुुन् । यसैबिच मोलुङ हाइड्रोपावरले पनि बिहीबार अर्थात् फागुन ४ गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५ सय कित्ता आइपीओ जारी गरेको...
निर्वाचन आयुक्त पौड्यालको बिदाइ
निर्वाचन आयुक्त पौड्यालको बिदाइ छ वर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश भएका छन् । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।
स्ववियु कार्यतालिका सार्वजनिक
स्ववियु कार्यतालिका सार्वजनिक त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे ।
Weather Update