पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
बुधबार, चैत १, २०७९
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं
बुधबार, चैत १, २०७९
आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदैं छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ...
चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरू
बुधबार, चैत १, २०७९
गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो । मुसिकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो ...
पाल्पाको बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते
बुधबार, चैत १, २०७९
पाल्पाको बगनासकाली गाउँपालिका– ८ बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् । बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा ग्यास सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी हुन् ।
काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त
मंगलबार, फागुन ३०, २०७९
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा सांसद निमा गिरी नियुक्त भएकी छिन् । लुम्बिनी प्रदेश सभाको नेपाली काँग्रेस दलको तर्फबाट सांसद गिरीलाई कांग्रेसको सचेतक पदमा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्ती गरेका हुन् ।
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो
मंगलबार, फागुन ३०, २०७९
पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र...
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
मंगलबार, फागुन ३०, २०७९
वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
गुल्मीमा अनौठो बच्चाको जन्म
मंगलबार, फागुन ३०, २०७९
गुल्मीमा अनौठो बच्चाको जन्म भएको छ । जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरको तोरीपाटामा एक अनौठो बालिकाको जन्म भएको हो ।
पाल्पाको जल्दोबल्दो समस्या समाधान मेरो प्राथामिकता : सिडिओ बास्तोला
मंगलबार, फागुन ३०, २०७९
नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका बन्धु प्रसाद बास्तोलाले पाल्पाको जल्दोबल्दो समस्या समाधान पहिलो प्राथमिकता रहेको बताएका छन् । बर्दियाबाट सरुवा भई आएका प्रजिअ बास्तोलाले जिल्लाका पत्रकारहसँगको भेटघाटमा यहाँ थुप्रै समस्याहरु रहेकाले तिनीहरुको समाधानका लागि आफ्नो मुख्य प्राथमिकता रहने बताएका हुन् ।
मकै र गहुँको सट्टा कफी खेती
मंगलबार, फागुन ३०, २०७९
अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् । कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् ।
लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस
सोमबार, फागुन २९, २०७९
लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभर प्रतिष्ठानको २२ औं स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाएको छ । सोमबार प्रतिष्ठानका देशभरका शाखाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरी स्थापना तथा दोकदोहोरी दिवस मनाएका हुन् ।
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै
सोमबार, फागुन २९, २०७९
रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरीले आफ्नो स्वर्ण महोत्सव मनाउन लागेको छ । विद्यालयले चैत्र २ गते स्वर्ण महत्सव मनाउन लागेको हो ।
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
सोमबार, फागुन २९, २०७९
प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।


