पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो
आइतबार, चैत ५, २०७९
तानसेनको दमकडामा कृषि मेला
आइतबार, चैत ५, २०७९
जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’
आइतबार, चैत ५, २०७९
एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई मध्यनजर नयाँ योजना सार्वजनिक गरेको छ । उसले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको हो ।
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’
शनिबार, चैत ४, २०७९
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाउँदै त्यसको पुुष्टि गर्न चुनौति दिएको हो ।
सभामुखको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण
शनिबार, चैत ४, २०७९
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पत्रकारहरुमाथि आँच आउने गरी दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्ति दिएपछि युनियनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
शनिबार, चैत ४, २०७९
लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै
शनिबार, चैत ४, २०७९
पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन आज र भोलि काठमाडौंमा हुन लागेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिन हुन लागेको हो ।
रैनादेवी माविले मनायो स्वर्ण महोत्सव
शुक्रबार, चैत ३, २०७९
रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरी पाल्पाले स्वर्ण महोत्सव मनाएको छ । वि.स. २०२९ साल चैत्र २ गते स्थापना भएको विद्यालयले विविध कार्यक्रमहरुको आयोजना गरी स्वर्ण महोत्सव मनाएको हो ।
तीन दिन वर्षा हुने
शुक्रबार, चैत ३, २०७९
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपराष्ट्रपतिमा यादव निर्वाचित
शुक्रबार, चैत ३, २०७९
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
तम्घासमा घरभित्रैबाट स्कुटी चोरी !
शुक्रबार, चैत ३, २०७९
गुल्मीको तम्घासस्थित धागीथुममा घरभित्रको दलानमा राखेको स्कुटी चोरी भएको छ । विहीबार राती घरको दलानमा पार्किङ्ग गरी राखेको सीता खत्री खड्काको नाममा रहेको लु ५० प ९२०२ नम्बरको स्कुटर चोरी भएको हो ।


