Shittalpati
पाल्पामा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटी चालकको मृत्युु भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई शुक्रबार दिउँसो ठक्कर दिदां स्कुटी चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपाने घाइते भएका थिए । घाइते उनको प्रादेशिक अस्पताल बुुटवलमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update