नवजनचेतना राष्ट्रिय दैनिक २०८० बैशाख १ गते शुक्रबार
शनिबार, वैशाख २, २०८०
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु
शुक्रबार, वैशाख १, २०८०
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु भएको छ । आज विहान नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पोखरीमा घुम्न आएका सिद्धार्थनगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए ।
पूर्वमन्त्री पाण्डेयको नयाँ वर्ष : साहित्यिक यात्राको सुरुवात
शुक्रबार, वैशाख १, २०८०
पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डेयले नयाँ वर्षको अवसरमा नयाँ यात्राको थालनी गरेका छन् । लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च होदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि साहित्यिक यात्रा तय गरेका हुन् ।
फेरी कोरोना बढ्यो, सतर्कता भएन
शुक्रबार, वैशाख १, २०८०
नेपालमा फेरी कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ ।
नेता सुध्रिए नीति सुध्रिन्छ
शुक्रबार, वैशाख १, २०८०
गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका माननिय सांसद डाक्टर ढाका कुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा पसाईबिच भएको संवाद सार्वजनिक भयो ।
दिव्य ज्योतिले थाल्यो भर्ना अभियान
बिहीबार, चैत ३०, २०७९
जिल्लाको माथागढी गाउँपालिका–३ मा रहेको दिव्य ज्योति नमूना माध्यमिक विद्यालयले भर्ना अभियान सञ्चालन गरेको छ । विद्यालयले विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर रहेका सबै क्षेत्र र वर्गका विद्यार्थीहरुलाई समेत समाहित गर्ने उद्देश्यले भर्नाका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन
बिहीबार, चैत ३०, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ । चौतारी भित्तेपात्रोको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक
बिहीबार, चैत ३०, २०७९
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरेको हो ।
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह
बिहीबार, चैत ३०, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट...
पाल्पामा शैक्षिक सत्र सुरू नहुँदै आइपुगे पाठ्यपुस्तक
बिहीबार, चैत ३०, २०७९
बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुग्ने समस्यालाई ध्यानमा राख्दै यसपटक पाल्पामा छिटै ल्याइएको छ । जनक शिक्षा सामग्री केन्द्र लि. बुटवलस्थित प्रदेश कार्यालयबाट आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका धेरैजसो किताब आइसकेका छन् ।
‘जातिय विभेद कायमै छ, यसको अन्त्य गर्न सबै एक हौं’
बिहीबार, चैत ३०, २०७९
प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले नेपाली समाजमा जातिय विभेद कायमै रहेको बताएका छन् । बुधबार परियार समाज पाल्पा गुठीकोे स्वर्ण महोत्सवलाई तानसेनमा सम्बोधन गर्दै उनले एक्काइसौँ शताब्दीमा आइपुुग्दा पनि जातिय विभेद कायमै रहेको बताएका हुन् ।
सकियो एसइई परीक्षा
बिहीबार, चैत ३०, २०७९
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा बुधबारदेखि सकिएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
ग्लोबलका ग्राहकलाई दराजको सामान किन्दा उपहारसँगै छुट
बिहीबार, चैत ३०, २०७९
लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा उहपारसँगै छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उपहार र छुट सार्वजनिक गरेको हो ।


