Shittalpati
ग्लोबलका ग्राहकलाई दराजको सामान किन्दा उपहारसँगै छुट

पाल्पा, लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा उहपारसँगै छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उपहार र छुट सार्वजनिक गरेको हो ।

बैंकका ग्राहकले दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने छन् । योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्ने छ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना वैशाख ९ गतेसम्म लागू रहनेछ । योजनाको अन्त्यमा, कुल सहभागीमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ । छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउने छन् । बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्धन गर्नु रहेको बताइएको छ । यस्तै बैंकले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरूलाई दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना पनि सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले ८ प्रतिशत वा ७ सय ५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउने छन् । छुट पाउनका लागि प्रयोगकर्ताले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एक जनाले एक चोटी मात्र छुट पाउने बैंकले बताएको छ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना वैशाख १ गतेसम्म लागू हुनेछ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update