Shittalpati
प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन

कृष्ण पोखरेल
पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ । चौतारी भित्तेपात्रोको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

भित्तेपात्रो विमोचन गर्दै एमाले अध्यक्ष घिमिरेले प्रेस चौतारी पाल्पा शाखाको चुस्त दुस्त सक्रियता, क्रियासिलता, संगठन प्रतिको लगाबको अन्य संघ संगठनले पनि सिको गर्नुपर्ने बताए । प्रेस चौतारी पाल्पा छोटो समयमा समाजमा स्थापित भई जिल्लाकै नमुना संगठन भईसकेको उनले उल्लेख । अहिले देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएकाले सरकारमा सहभागी दलहरु देश र जनताप्रति जिम्मेवार भई काम गर्नुपर्नेमा अध्यक्ष घिमिरेले जोड दिए । देश निर्माणको लागि एमाले नै आवश्यक हो भनेर जनतालाई सही रुपमा बुझाउन पार्टीले ग्रास रुट अभियान सञ्चालन गरेको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले चौतारीको क्रियासिलता आउँदो बर्षमा अझै बढेर जाओस्, समाजलाई ऐना देखाउने गरी काम गरोस् भनि शुभकामना दिए । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले पछिल्लो सयम चौतारी क्रियाशिलताले संगठनमा बसेर काम गर्ने व्यक्ति, संगठनका सदस्यहरुमा उर्जा थपिएको बताए । पाल्पामा रहेका अन्य प्रेस संघ संगठनहरु भन्दा चौतारीको क्रियासिलता बढेको उपाध्यक्ष शर्माले बताए । कार्यक्रममा चौतारीका अध्यक्ष कृष्ण कार्कीले संस्थामा रहेका सबैको सहयोग, सद्भाव, माया, ममताबाट चौतारीले काम गर्दै आएको बताए । नयाँ बर्षले सबैमा जोस जागर उत्साहमा थप वृद्धि होस् भनि अध्यक्ष कार्कीले शुभकामना व्यक्त गरे । कार्यक्रममा सहभागी पत्रकारहरुले एक आपसमा फूलको गुच्छा साटासाट गर्दै नव बर्षको शुभकामना आदन–प्रदान गरेका थिए । चौतारी पाल्पाका शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, सह–सचिव सन्तोष ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update