Shittalpati
गणेश सहाकारीले दियो शेयर सदस्यलाई संस्थाको लोगो सहितको पोशाक

पाल्पा, जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक शेयर सदस्यहरुलाई पोशाक वितरण गरेको छ । सहकारीले संस्थाको पहिचान दिन र शेयर सदस्यहरुलाई संस्थाप्रति अपनत्व ग्रहण गराउने उद्देश्यले सहकारीको लोगो सहितको ट्रयाक सुट र सुुईटर वितरण गरेको हो ।

संस्थाले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सञ्चालक शेयर सदस्यहरुलाई पोशाक वितरण गरेको छ । संस्थाका अध्यक्ष विष्णु गाहा र पूर्व अध्यक्ष रुकबहादुर थापाले शेयर सदस्यहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । पोशाक हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष विष्णुु गाहाले सहकारीको छुट्टै पहिचान दिने गरी सञ्चालक सदस्यहरुलाई पोशाक वितरण गरिएको बताए । उनले संस्था सबैको भएकाले सोही अनुसार जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरे । अध्यक्ष गाहाले पछिल्लो समय देशको आर्थिक अवस्था संकटमा परेका बेला सहकारी संस्थाहरु समेत समस्यामा परेको उल्लेख गर्दै सहकारीलाई बलियो बनाउन शेयर सदस्यहरु सक्रिय भएर लाग्नुपर्ने बेला आएको बताए । उनले भने ‘आफुहरुको संस्थामा त्यस्तो समस्या नआए पनि यस्तै अवस्था रहे भोलिका दिनमा आउन सक्नेप्रति सचेत भने रहनुुपर्छ ।’ सहकारीका हरेक कारोबारलाई प्रविधिसँग जोड्ने गरी आफुहरु अगाडि बढेको अध्यक्ष गाहाले बताए । उनले इमान्दार र लगनशील भएर सहकारीको श्रीवृद्धिमा लाग्न सबै शेयर सदस्यहरुलाई आग्रह गरे । अध्यक्ष गाहाले सहकारीलाई देशकै नमूना सहकारी बनाउने गरी आफुहरुले काम गरेको बताए ।

संस्थाका पूर्व अध्यक्ष रुकबहादुर थापाले देशमा आर्थिक मन्दीको अवस्था सिर्जना हुन सक्ने खतरा देखिएकाले सबै शेयर सदस्यहरु सचेत हुनुपर्ने बताए । उनले लगानी गर्दा हसियारीपूर्वक गर्र्नु पर्नेमा जोड दिए । थापाले कर्जा लगेका सदस्यहरुलाई इमान्दारपूर्वक बुझाउन पनि आग्रह गरे । कार्यक्रममा संस्थाका पूर्व उपाध्यक्ष धनबहादुर गाहाले संस्थाप्रति जिम्मेवार र सक्रिय रहन सबै शेयर सदस्यहरुलाई आग्रह गरे । नवजनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाभझीले वित्तिय क्षेत्रमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले सहकारी जिल्लाको वित्तिय क्षेत्रमा अब्बल बन्दै गएको भन्दै आगामी दिनमा देशकै नमूना सहकारीको रुपमा स्थापित हुने गरी अगाडि बढ्न आग्रह गरे । सहकारीले ५१ जना शेयर सदस्यलाई सहकारीको लोगो सहितको ट्रयाक सुट र सुईटर वितरण गरेको थियो । सहकारीका अध्यक्ष विष्णु गाहाको अध्यक्षता, उपाध्यक्ष दलबहादुर थापाको स्वागत, सचिव कान्तिमाया आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update