Shittalpati
पाल्पा टेलिकमले ल्यायो ‘वायरलेस नमस्ते वाइफाई’ सेवा

पाल्पा,नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले ‘वायरलेस नमस्ते वाइफाई सेवा सुुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले ग्राहकहरुका लागि नमस्ते वाइफाइ राउटर वितरण थालेको छ । उसले पहिलो दिन ६ जना ग्राहकहरुलाई राउटर दिएको छ । कार्यालय प्रमुख ढाकाराम पौड्यालले ग्राकलाई राउटर वितरण गरेका हुन् । राउटर वितरण गर्दै प्रमुख पौड्यालले वायरलेस इन्टरनेट सेवाले अप्टिकल फाइबर इन्टरनेट नपुगेका क्षेत्रमा ब्रोडब्यान्ण्ड कनेक्टिभिटी प्रदान गर्नेे बताए ।

यसको अहिलेसम्मकै सर्वशुलभ मूूल्यमा र पोर्टेबिलिटीको कारण ग्राहकमाझ लोकप्रिय छ । नेपाल टेलिकमले बेसिक तथा प्रिमियम अनलिमिटेड डाटा सहित भ्वाइस प्याकेजहरू पनि उपलब्ध गराएको छ । विशेष गरी फोरजी कनेक्टिभिटी भएका ग्रामीण क्षेत्रमा यो सेवा प्रभावकारी हुने नेपाल टेलिकम पाल्पाका सुचना अधिकृत श्रीराम रेग्मीले बताए ।

यसबाट अनलिमिटेड फोरजी इन्टरनेटका साथै ल्याण्डलाइन टेलिफोन चलाउन सकिने छ । इन्टरनेटमात्र चलाउन अनलिमिटेड बेसिक प्याकेज अन्तर्गत ६ महिने प्याकेजको लागि ५ हजार ९ सय ९९ र वार्षिक जडानका लागि १० हजार ४ सय ९९ लाग्नेछ । यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत ६ महिने प्याकेजका लागि ८ हजार ९ सय ९९ र वार्षिक प्याकेज १६ हजार ४ सय ९९ लाग्नेछ ।

इन्टरनेट सहित ल्याण्डलाइन चलाउन अनलिमिटेड बेसिक प्याकेज अन्तर्गत ६ महिने प्याकेजका लागि ७ हजार ४ सय ९९ र वार्षिक जडानका लागि १३ हजार४ सय ९९ लाग्नेछ । यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत ६ महिने प्याकेजका लागि १० हजार ४ सय ९९ र वार्षिक प्याकेज १९ हजार ४ सय ९९ लाग्नेछ । यी प्याकेजहरुमा राउटर गाउँ गाउँमा जता पनि लैजान सकिने, लाइन नभएको बेला पनि चलाउन सकिने भएकाले कामका लागि विभिन्न ठाउँमा हिडिरहनुपर्ने ब्याक्ति, भाडामा बस्ने विद्यार्थी, बिभिन्न पेशामा आवद्ध ब्याक्ति तथा गाडीहरुमा पनि प्रभावकारी हुने नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका ब्यापार अधिकृत भुपति तिवारीले बताए ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update