Shittalpati
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन अलपत्र
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन अलपत्र सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ्ग–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानीको धेरैनीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
आज विश्व मुटु दिवस मनाइँदै
आज विश्व मुटु दिवस मनाइँदै हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा मनाइने विश्व मुटु दिवस आज नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुटुसम्बन्धी रोगको जोखिम, रोकथाम र स्वस्थ जीवनशैलीका विषयमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
खोलाले बगाएर गुल्मीमा एक महिला बेपत्ता
खोलाले बगाएर गुल्मीमा एक महिला बेपत्ता  गुल्मीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् ।  रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी तुलसी सूर्यवंशीलाई आइतबार बिहान करिब ११ बजे छल्दीपनाहा खोलाले बगाएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ साधारण सभा पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ वार्षिक साधारण सभा आइतबार तानसेनमा  भएको छ । संघले वार्षिक समीक्षा गर्दै  साधारण सभा गरेको हो ।
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै विश्व रेबिजविरुद्धको दिवस  आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
आजदेखि सोह्रश्राद्ध सुरु
आजदेखि सोह्रश्राद्ध सुरु हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पितृकार्यअन्तर्गत पर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म मनाइने सोह्रश्राद्धका क्रममा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहेको छ ।
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने तानसेन सम्पदा संरक्षण समाजको  अध्यक्षमा पदमराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको समाजको प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको हो ।
आज विश्व पर्यटन दिवस मनाइँदै
आज विश्व पर्यटन दिवस मनाइँदै विश्वभर आज विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पर्यटनको महत्व, यसको सामाजिक–आर्थिक योगदान तथा दिगो पर्यटन प्रवद्र्धनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच  पुग्यो
पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच  पुग्यो पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
गणेश सहकारीको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन
गणेश सहकारीको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन तानसेनस्थित गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। सहकारीले शुक्रबार तानसेनमा औपचारिक कार्यक्रम आयोजना गरी साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै विश्वभर आज परमाणु हतियारको जोखिम, यसको मानवीय तथा वातावरणीय प्रभाव र आणविक निशस्त्रीकरणको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले परमाणु हतियार निर्मूल दिवस मनाइँदैछ ।
Weather Update