Shittalpati
खोलाले बगाएर गुल्मीमा एक महिला बेपत्ता

गुल्मी,  गुल्मीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् ।  रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी तुलसी सूर्यवंशीलाई आइतबार बिहान करिब ११ बजे छल्दीपनाहा खोलाले बगाएको हो ।

श्रीमानसँगै माछा मार्न जाँदा बाढीले बगाएर बेपत्ता भएकी  उनको अवस्था २४ घण्टा बितिसक्दा पनि अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भिमकिरण बोगटीका अनुसार उनको खोजी आइतबार दिनभर गरिए पनि फेला पार्न सकिएन । सोमबार पनि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले खोजी जारी राखेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update