Shittalpati
ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु
ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु स्याङ्जाको कालिगण्डकी गाउँपालिका-१ मा ट्यााक्टरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । वडा १ को ठाटि भञ्ज्याङमा रोकि राखेको ट्याक्टर अचानक गुड्न गई स्थानीय ७७ वर्षिय कृष्ण कुमारी रेश्मीलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते भएकी रेश्मीलाई उपचारका लागि तानसेन स्थित मिसन अस्पतालमा ल्याइदै गर्दा ज्यान गएको पारिवारीक स्रोतले...
पहिरोले घर पुर्दा एक महिलाको मृत्यु
पहिरोले घर पुर्दा एक महिलाको मृत्यु गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी)को मृत्यु भएको छ ।
आगामी २४ घण्टा मुलुकभर नै वर्षा
आगामी २४ घण्टा मुलुकभर नै वर्षा मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।
अवरुद्ध तानसेन–बुटवल सडक खुल्यो
अवरुद्ध तानसेन–बुटवल सडक खुल्यो सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकैको सडक पहिरो हटाएसँगै सुचारु भएको छ । अविरल वर्षाका कारण आईतबार साँझा ८ः१५ मा खसेको पहिरोले अवरुद्ध बनेको सडक सोमबार विहान ११ः२० मा खुलेको हो ।
अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुल्यो
अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुल्यो पहिरोका कारण अवरुद्ध तानसेन–बुटवल सडक खण्डा खुलेको छ । अविरल वर्षका कारण पहिरो जाँदा शनिबार विहानदेखि अवरुद्ध तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको पहिरो हटाएपछि सडक खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
तानसेन–बुटवल सडक पुनःअवरुद्ध, खुल्न केही दिन लाग्ने
तानसेन–बुटवल सडक पुनःअवरुद्ध, खुल्न केही दिन लाग्ने सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनःपहिरो खसेको छ । शुक्रबाररातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक पुरिए पनि मानविय क्षति भने भएको छैन ।
पहिरो खस्दा तानसेन–बुटवल सडक पुनःअवरुद्ध, ट्रक समेत पुरियो
पहिरो खस्दा तानसेन–बुटवल सडक पुनःअवरुद्ध, ट्रक समेत पुरियो सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन ःपहिरो खसेको छ । गएरातिदेखि सडक माथिबाट खसेको पहिरोका कारण बिहानैदेखि यातायात अवरुद्ध भएको छ, भने नालीमा रहेको ट्रक समेत पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवरुद्ध तानसेन–बुटबल सडक खुल्यो
अवरुद्ध तानसेन–बुटबल सडक खुल्यो शुक्रबार विहानदेखि अवरुद्ध तानसेन–बुटवल सडक खण्ड खुलेको छ । विहीबार रातभर आएको अविरल वर्षका कारण सडक माथि देखि खसेको पहिरोका कारण् अवरुद्ध बनेको सडक ९ घण्टापछि खुलेको हो ।
तानसेन–बुटबल सडक अवरुद्ध
तानसेन–बुटबल सडक अवरुद्ध सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो करिब ४५ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण सोमबार बेलुकी ५ देखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ–३, पैठेडाँडामा गएको पहिरो हटाएपछि बुधबार दिउसो १ः३० बजे बाटो खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
पहिरोमा एकको मृत्यु, तीन बेपत्ता
पहिरोमा एकको मृत्यु, तीन बेपत्ता जिल्लाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्युु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले रानासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन् । तीनजना अझै पहिरोमा परेर बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका दुर्गाराम खत्रीको मुद्दा मिलाई दिनुपर्‍यो भनि जवरजस्ती एक लाख ५० हजार रुपैया घुस दिन खोज्ने दुई जना पक्राउ परेका हुन् । दाङमा प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैलाकुटी बस्ने २७ बर्षीय...
Weather Update