Shittalpati
गुल्मीमा जिप दुर्घटना हुँदा चार जना घाइते

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासदेखी मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु २ च २५७३ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मालिका गाउँपालिका ८ की ३० बर्षकी माया परियार उनका ९ बर्षका छोरा सतिष परियार,मालिका गाउँपालिका ५ की २० वर्षकी दिपा घिमिरे र इश्मा गाउँपालिका ६ की १२ वर्षकी सन्ध्या परियार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

घाइते मध्ये माया परियारको अवस्था गम्भीर रहेकाले पाल्पा प्रभासमा उपचारका लागि पठाइएको छ । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घुम्तीमा ब्रेक फेल भइ जिप अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारिम्भक अनुमान रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update