Shittalpati
पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान घरमा अचानक विद्युत् सर्ट हुँदा २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी पुनको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिएकोमा आज विहान ३ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर अर्को एक जना घाइते भएका छन् । सोही स्थानका ५२ वर्षका झमान सिंह पुन करेन्टर लागेर घाइते भएका हुन् । विहिबार रातीआएको हावाहुरीका कारण विद्युत् सर्ट भई पुनलाई करेन्ट लागेको थियो । उनको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update