Shittalpati
सवारी दुर्घटनामा तीन घाइते

पाल्पा । रुपन्देहीमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ५ चुलबुलियापुल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ न.को लोड ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा ट्रक चालक सुर्खेत भेरी गंगा नगरपालिका १३ का २५ वर्षका अर्जुन जोशी, सहचालक बाँके कोहलपुर नगरपालिका ५ का १८ वर्षका शम्भु बस्नेत, ट्रकमा सवार सुर्खेत नारायण नगरपालिका ९ का २५ वर्षकी धना तरामी मगर रहेको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update