Shittalpati
छतबाट खसेर युवकको मृत्यु
pancha kanya steel

रुपन्देही । फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको हो । सोमबार आफ्नो तीन तले घरको छतबाट फोनमा कुरा गर्दै गर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । –रासस

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update