पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
बिहीबार, असोज १, २०७७

२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज
बिहीबार, असोज १, २०७७
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् ।

एकै दिन देशभर एक हजार ६२ संक्रमित निको
बुधबार, भदौ ३१, २०७७
देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि
सोमबार, भदौ २९, २०७७
जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो ।

कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु
सोमबार, भदौ २९, २०७७
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

२५ सयमा पिसिआर परीक्षण
सोमबार, भदौ २९, २०७७
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ । अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पिसिआर परीक्षण गर्ने जनाएको छ ।

एकै दिन एक हजार एक सय ७३ संक्रमित डिस्चार्ज
आइतबार, भदौ २८, २०७७
नेपालमा एकै दिन एक हजार एक सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय ७३ जना डिस्चार्ज भएको आइतबारको प्रेस सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि
आइतबार, भदौ २८, २०७७
जिल्लामा एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि भएको छ । आईतबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पाल्पा अस्पतालका एक जना स्वास्थ्यकर्मी र रैनादेवी छहरा गाउँपालिकका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए ।

पाल्पामा थप ६ जनामा कोरोना पुष्टि
शनिबार, भदौ २७, २०७७
जिल्लामा थप ६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । शनिवार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका ५ जना र पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै
शनिबार, भदौ २७, २०७७
नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि कोरोना परीक्षण गरिने भएको छ । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान कार्य अगाडि बढेकाले एक हप्ता भित्रमै परीक्षण हुने भएको हो ।

माथागढीमा समुदायस्तरमा कोरोना देखिएपछि स्वाब संकलन
शनिबार, भदौ २७, २०७७
जिल्लाको माथागढी गाँउपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन गरिएको छ । समुदायस्तरका ८ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले स्वाब संकलन कार्यलाई तिव्रता दिएको हो ।

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २७, २०७७
‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।

पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण
शुक्रबार, भदौ २६, २०७७
जिल्लामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका २ जना र बगनासकाली गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो ।