Shittalpati
एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८ सय ९१ नमुना परीक्षण गर्दा ५ सय ५६ महिला र ९ सय ५७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । उनीहरुमध्ये ४ सय ९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३ सय ७१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७ सय ३१ जना संक्रमण मुक्त भएका छन् । देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् । १० हजार ७ सय ७ संक्रमित होम आइसोलेसनमा छन् भने ९ हजार ६ सय ८९ संस्थागत आइसोलेशनमा छन् । उनीहरुमध्ये २ सय १३ को आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा ९ सय ३४ जना, मोरङका १ सय १ जना, रुपन्देहीका ९५, चितवनका ६२, बाँकेका ४१, सुनसरीका ३२, कैलालीका २७, पर्साका २३, बर्दियाका १९, कपिलवस्तुका १८, कास्कीका १६, नवलपुरका १५, काभ्रेका १३, दाङका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ । झापाका ९ जना, सिराहा र कञ्चनपुरका ८/८ जना, वैतडीका ७ जना, सर्लाही, मकवानपुर र पाल्पाका ६/६ जना, सप्तरी र नवलपरासीका ५/५ जना, बारा, धादिङ र नुवाकोटका ४/४ जना, सिन्धुलीका ३, उदयपुर, तेह्रथुम, महोत्तरी, गोरखा, स्याङ्जा र गल्मीका २र२ जना तथा इलाम, ओखलढुंगा, भोजपुर, रामेछाप, सिन्धुपाल्चोक, रोल्पा, रुकुम पश्चिम, डडेलधुरा र डोटीका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update