Shittalpati
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै पछिल्ला केही दिन यता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो ।
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
कोरोना सङ्क्रमितको उपचार निःशुल्क
कोरोना सङ्क्रमितको उपचार निःशुल्क जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतवार साँझ र सोमवार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिलामा संक्रमण देखिएको स्वास्थ्य...
जिल्ला अस्पताल पाल्पा सिल
जिल्ला अस्पताल पाल्पा सिल
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका जिल्लामा थप १६ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते नेपालमा कोरोना निको भएर घर फर्किनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण
डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।
संक्रमित निको हुने दर बढ्दै, एकै दिन १५ सय ६६ डिस्चार्ज
संक्रमित निको हुने दर बढ्दै, एकै दिन १५ सय ६६ डिस्चार्ज नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । शनिबार मात्र एकै दिन एक हजार पाँच सय ६६ जना डिस्चार्ज भएका छन् ।
माथागढीका एक सय ३२ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’
माथागढीका एक सय ३२ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ जिल्लाको माथागढी गाउँपालिकामा केही दिन अघि समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एक सय ३२ जनाको पिसिआर ‘रिपोर्ट नेगेटिभ’ आएको छ । 
रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते नेपालमा थप १३ सय ५४ जना संक्रमितले कोरोना जितेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेर घर फर्किएको बताएका हुन् ।
Weather Update