Shittalpati
नेपालमा २४ घण्टामा ११ सय ४७ संक्रमित डिस्चार्ज

पाल्पा । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ४७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शनिबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ११ सय ४७ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ । मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । शनिबार ८ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार २ सय २४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update