८ सय ८५ संक्रमित डिस्चार्ज
आइतबार, असोज ११, २०७७

नेपालमा २४ घण्टामा ११ सय ४७ संक्रमित डिस्चार्ज
शनिबार, असोज १०, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ४७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार शनिबार एकै दिन देशका विभिन्न जिल्लाहरुमा ११ सय ४७ जनाले कोरोना जितेका छन् ।

पाल्पामा पिसिआर ल्याव एक साता भित्र सञ्चालनमा आउने
शनिबार, असोज १०, २०७७
पाल्पामा एक हप्ता भित्रमा पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । कोरोना परीक्षणका लागि आवश्यक किटहरु उपलब्ध भएकाले हप्तादिन भित्रमा ल्याव सञ्चालनमा आउने भएको हो ।

थप १४ सय ५५ जनाले कोरोना जिते
शनिबार, असोज १०, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५५ जनाले कोरोना जितेका छन् । देशका विभिन्न आइसोलेशनमा रहेका उनीहरुले शुक्रबार कोरोना जितेर घर फर्किएका हुन् ।

पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, असोज ९, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको विवरण अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादवी छहरा गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी पाँच जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते
बिहीबार, असोज ८, २०७७
पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।

बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बिहीबार, असोज ८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको विहिबार एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।

संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
बुधबार, असोज ७, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको
छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
बुधबार, असोज ७, २०७७
नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
बुधबार, असोज ७, २०७७
जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त
मंगलबार, असोज ६, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ सय २३ जना संक्रमण मुुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ ।

गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै
मंगलबार, असोज ६, २०७७
कोभिड–१९ को संक्रमण बढेसँगै जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो ।

एक हजार पाँच संक्रमित डिस्चार्ज
सोमबार, असोज ५, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या एक हजार ५ रहेको बताए ।