उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
बुधबार, असोज २१, २०७७
उपचाररत तीन कोरोना संक्रमितको मृत्यु
बुधबार, असोज २१, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा...
बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री
बुधबार, असोज २१, २०७७
आधुनिक नेपाल पाल्पाले निरन्तर स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आधुनिक नेपाल संस्थाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरेर बगनासकाली वडा ९ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
दुई हजार तीन सय ४० जना संक्रमणमुक्त
बुधबार, असोज २१, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।
भारतमा घट्दो क्रममा कोरोना
बुधबार, असोज २१, २०७७
भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् ।
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो
सोमबार, असोज १९, २०७७
जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
आइतबार, असोज १८, २०७७
नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
शनिबार, असोज १७, २०७७
नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
शनिबार, असोज १७, २०७७
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
भारतबाट फर्किएकाको स्वाब संकलन
शुक्रबार, असोज १६, २०७७
माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए ।
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज
शुक्रबार, असोज १६, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
एकै दिन एक हजार ५७ संक्रमित निको
बुधबार, असोज १४, २०७७
असोजनेपालमा बुधबार एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन देशका विभिन्न जिल्लाका एक हजार ५७ कोरोना संक्रमित निको भएको बताए ।


