Shittalpati
एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज

पाल्पा । नेपालमा बिहीबार मात्र २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना संक्रमण मुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४३ सय ६४ जना संक्रमित भएका छन् ।

जसमा काठमाडौंमा मात्रै २५ सय ४० रहेको छ । संक्रमितको संख्या बिहीबार ९८ हजार ६ सय १७ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । २४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । २४ घण्टामा १८ हजार ४ सय ७३ पिसिआर परीक्षण भएका छन् । हालसम्म पीसीआर परीक्षण भने ११ लाख ३१ हजार ९ सय ५८ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update