Shittalpati
थप १४ सय ५५ जनाले कोरोना जिते
थप १४ सय ५५ जनाले कोरोना जिते नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५५ जनाले कोरोना जितेका छन् । देशका विभिन्न आइसोलेशनमा रहेका उनीहरुले शुक्रबार कोरोना जितेर घर फर्किएका हुन् ।
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको विवरण अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादवी छहरा गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी पाँच जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको विहिबार एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन ! स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त
मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ सय २३ जना संक्रमण मुुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ ।
गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै
गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै कोभिड–१९ को संक्रमण बढेसँगै जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो ।
एक हजार पाँच संक्रमित डिस्चार्ज
एक हजार पाँच संक्रमित डिस्चार्ज नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या एक हजार ५ रहेको बताए ।
भारतमा एकैदिन ९२ हजार संक्रमित
भारतमा एकैदिन ९२ हजार संक्रमित भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६ सय ५ संक्रमित पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।
नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज
नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको ग्राफ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
Weather Update