Shittalpati
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !

पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । देशभर कोरोना भाइरस (कोभिड १९) संक्रमणको दर बढ्दै गएको छ । यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए । ‘अहिले १७ हजार सक्रिय संक्रमित छन् । कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दाबन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update