Shittalpati
नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज

पाल्पा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको ग्राफ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. गौतमका अनुसार मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको
छ ।

मोरङ,सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन् । मन्त्रालयका अनुसार १ सय ९० जनाको आइसीयूमा र ३६ जनाको भेन्टिलेटर उपचार भइराखेको छ । प्रवक्ता गौतमका अनुसार १७ हजार ४ सय ७८ कोरोनाका सक्रिय संक्रमित छन् । कोरोनाले २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update