Shittalpati
थप १४ सय ५५ जनाले कोरोना जिते

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५५ जनाले कोरोना जितेका छन् । देशका विभिन्न आइसोलेशनमा रहेका उनीहरुले शुक्रबार कोरोना जितेर घर फर्किएका हुन् । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा देशभर १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ । ती मध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update