Shittalpati
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, पाल्पामा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको विवरण अनुसार रामपुर नगरपालिकाका २ जना, रैनादवी छहरा गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी पाँच जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या ७ सय ३२ पुगेको छ । जसमध्ये ६ सय ४९ जनाले कोरोना जितेका छन्,भने एक सय ३९ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका १६ जना स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भएका छन् । पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update