Shittalpati
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण

पाल्पा । जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो । तानसेनका विभिन्न वडाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तानसेन ५ का एक जना महिला र वडा नं २ का १ जना पुरुष, वडा नं ८ का १ जना बच्चा र वडा नं. ९ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये वडा नं ८ का नाबालक रहेका छन् । उनी गत भदौमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाका पारिवारीक सदस्य रहेको बताइएको छ । संक्रमति चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु सबै समुदायस्तरका हुन । जिल्लामा अहिलेसम्म ७ सय १७ जनामा संक्रमण देखिएको छ । जसमध्ये एक सय ३१ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् । संक्रमण देखिएका व्यक्ति मध्ये ५ सय ८८ जना निको भएर घर फर्किएका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका १६ जना स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भएका छन् । पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update