Shittalpati
पाल्पामा पिसिआर ल्याव एक साता भित्र सञ्चालनमा आउने

पाल्पा,पाल्पामा एक हप्ता भित्रमा पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । कोरोना परीक्षणका लागि आवश्यक किटहरु उपलब्ध भएकाले हप्तादिन भित्रमा ल्याव सञ्चालनमा आउने भएको हो । संघीय सांसद सोमप्रसाद पाण्डेले स्वास्थ्य सेवा विभागबाट ल्याएको पिसिआर ल्याव सञ्चालनका लागि आवश्यक पर्ने किट तथा स्वास्थ्य सामग्री शनिवार एक कार्यक्रम बीच पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डे र अस्पतालका निमित्त मेसु जगदीश कुंवरलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

झण्डै २२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरणपछि अध्यक्ष पाण्डेले, विद्युत जडानमा ढिला सुस्ती हँुदा पिसिआर परीक्षणको काम शुरु गर्न नसकिएको जानकारी भन्दै अब सो कार्य हुना साथ पिसिआर परीक्षणको काम शुरु हुने बताए । सांसद पाण्डेले आवश्यक स्वास्थ्य सामग्री रातारात पाल्पा ल्याईएको जानकारी दिदै यो सेवा शुभारम्म भए पछि पाल्पा र छिमेकी जिल्लाका जनताले राहतको अनूभूति गर्ने विश्वास व्यक्त गरे । प्रदेश सांसद तथा नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्य, प्रमुख जिल्ला अधिकारी,रमेश न्यौपाने लगायतले छिट्टै नै पाल्पाबाट कोरोना परीक्षण कार्य हुने बताए । सोही अवसरमा ल्यावका स्वास्थ्य प्राविधिकहरुले हालसम्म भएका प्रगतिका विषयमा जानकारी दिएका थिए ।

 

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update