Shittalpati
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना

लुम्बिनी । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि शुक्रबार उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा रहेको र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिए । मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको पिसिआर परीक्षण गरिएको छ ।    -रासस

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update