लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
मंगलबार, कात्तिक ४, २०७७
बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
मंगलबार, कात्तिक ४, २०७७
रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।
पाल्पामा कोरोनाबाट थप दुई पुरुषको मृत्यु, मृतकको संख्या ६ पुग्यो
सोमबार, कात्तिक ३, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ७ का एक जना र २ का एक जना पुरुषको मृत्यु भएको हो ।
‘टन्सिलले बिगारेको मुटु’
सोमबार, कात्तिक ३, २०७७
टन्सिलले बिगारेको मुटु’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित पुस्तक हो । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका संरक्षक, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय महासचिव समेत रहेका प्रा.डा. रेग्मीले लकडाउनको सदुपयोग गर्दै मुटु रोगीहरुका लागि उपयुक्त हुने पुस्तक लेखेका छन् ।
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण
आइतबार, कात्तिक २, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा १९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आईतबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ४ जना, रामपुरका ११, पूर्वखोलाका १, रिब्दीकोटका १, निस्दीका २ जना गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो ।
बगनासकाली प्रवेशमा पिसिआर अनिवार्य
आइतबार, कात्तिक २, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसिआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने भएको छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसिआर रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो ।
नेपालमा एक हजार ८ सय संक्रमित डिस्चार्ज
शनिबार, कात्तिक १, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८ सय संक्रमित डिस्चार्ज भएका छन् ।
एकै दिन तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना पुष्टि
शनिबार, कात्तिक १, २०७७
पछिल्लो २४ घण्टामा तानसेनका १८ जना सहित पाल्पाका ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोटका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण देखिएको...
पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द
शनिबार, कात्तिक १, २०७७
पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
पाल्पामा थप ८ जना कोरोनामुक्त
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा पछिल्लो २४ घण्टामा ८ जना कोरोनामुक्ता भएका छन् । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानका ८ जना संक्रमित निको भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका २ जना संक्रमित...
अस्पतालको गलत सूचना : कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा बिहीबार कोरोनाबाट मृत्यु भएको भनिएकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको गलत सूचनाका कारण शुक्रबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको कोरोना रिपोर्ट अहिले नेगेटिभ आएको हो ।
पाल्पामा कोरोनाबाट ५४ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो
शुक्रबार, असोज ३०, २०७७
पाल्पामा थप एक महिलाको कोरोनाबाट मृत्यू भएको छ । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो । अस्पतालका अनुसारका अनुसार तिनाउँ गाउँपालिका ३ दोभानकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
पाल्पामा विहीबार ९ जनामा कोरोना पुष्टि
बिहीबार, असोज २९, २०७७
पाल्पामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।


