बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री
बुधबार, असोज २१, २०७७

दुई हजार तीन सय ४० जना संक्रमणमुक्त
बुधबार, असोज २१, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।

भारतमा घट्दो क्रममा कोरोना
बुधबार, असोज २१, २०७७
भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् ।

पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो
सोमबार, असोज १९, २०७७
जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
आइतबार, असोज १८, २०७७
नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।

नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
शनिबार, असोज १७, २०७७
नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।

पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
शनिबार, असोज १७, २०७७
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

भारतबाट फर्किएकाको स्वाब संकलन
शुक्रबार, असोज १६, २०७७
माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए ।

एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज
शुक्रबार, असोज १६, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

एकै दिन एक हजार ५७ संक्रमित निको
बुधबार, असोज १४, २०७७
असोजनेपालमा बुधबार एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन देशका विभिन्न जिल्लाका एक हजार ५७ कोरोना संक्रमित निको भएको बताए ।

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु
बुधबार, असोज १४, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।

एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि
मंगलबार, असोज १३, २०७७
पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८ सय ९१ नमुना परीक्षण गर्दा ५ सय ५६ महिला र ९ सय ५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।