Shittalpati
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा १९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आईतबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ४ जना, रामपुरका ११, पूर्वखोलाका १, रिब्दीकोटका १, निस्दीका २ जना गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार थपिएका संक्रमितहरु अधिकांस समुदाय स्तरका रहेको बुझिएको छ ।

जिल्लामा थपिएका १९ जना संक्रमितसँगै कुल संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । पाल्पामा अहिलेसम्म ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ७ सय ५० जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ३७ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म २ सय ५६ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ५२ जना स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा शनिबार मात्र ७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update