पाल्पामा थप ३३ जनामा कोरोना पुष्टि
आइतबार, असोज २५, २०७७

शिक्षामन्त्री पोखरेललाई संक्रमण
आइतबार, असोज २५, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ संक्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

बुटवलमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु
आइतबार, असोज २५, २०७७
बुटवलमा कोरोना संक्रमितको एकै दिन तीन जनाको मृत्यु भएको छ । आइतबार अस्पतालका कोरोना संक्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक संक्रमितको मृत्यु भएको छ । अर्को एकको उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।

श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम
शनिबार, असोज २४, २०७७
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी श्रीनगर उपशाखाले गृहणीहरुलाई मनोसामाजिक प्राथमिक उपचार तालिम दिएको छ ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी
शनिबार, असोज २४, २०७७
जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्लाको निस्दी गाउँपालिका बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सहित १० जनामा कोरोना देखिएपछि शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको हो ।

पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि
शुक्रबार, असोज २३, २०७७
जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
शुक्रबार, असोज २३, २०७७
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज
शुक्रबार, असोज २३, २०७७
नेपालमा बिहीबार मात्र २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना संक्रमण मुक्त भएका हुन् ।

ब्राजिलमा ५० लाख बढी संक्रमित
शुक्रबार, असोज २३, २०७७
ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९...

पाल्पामा विहिबार रामपुरका ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
बिहीबार, असोज २२, २०७७
जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो
बुधबार, असोज २१, २०७७
,जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार माथागढी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ र लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरिएका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
बुधबार, असोज २१, २०७७
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै...

उपचाररत तीन कोरोना संक्रमितको मृत्यु
बुधबार, असोज २१, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा...