Shittalpati
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शुक्रबार प्राप्त विवरण अनुसार ८ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका ७, रिब्दीकोटका ४, तिनाउका १, पूर्वखोलाका १ र माथागढीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय २२ पुगेको छ । पाल्पामा अहिलेसम्म १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय २२ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ४ सय १२ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६० जना स्वास्थ्यकर्मी रहेका छन् । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गए पनि निको भएर घर फर्किनेहरुको संख्यामा पनि वृद्धि भएको छ । अहिलेसम्म पाल्पामा कुल संक्रमित मध्ये ८ सय ८० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update