Shittalpati
पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आइतबार प्राप्त विवरण अनुसार २ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका २ र पूर्वखोला गाउँपालिका भित्रका २ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ६० पुगेको छ । जिल्लामा कोरोना निको हुनेको संख्या ९ सय २७ पुगेको छ । पाल्पामा अहिलेसम्म १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय २३ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ४ सय ५० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६१ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update