Shittalpati
पाल्पामा एकै दिन थप ३४ जनामा कोरोना पुष्टि, ४७ जनाले कोरोना जिते

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार २० पुरुष र १४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका २५, रिब्दीकोटका २,बगनासकालीका ४,रम्भाका १, पूर्वखोलाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ५६ पुगेको छ ।

पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गए पनि निको भएरघर फर्किनेहरुको संख्यामा पनि वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा पाल्पामा थप ४७ जना निको भएर घर फर्किएका छन् । संक्रमणमुक्त हुनेमा तानसेन नगरपालिका भित्रका २४, पूर्वखोला गाउँपालिकाका ९, तिनाउ गाउँपालिकाका ५, रिब्दिकोट गाउँपालिकाका ३, रामपुर नगरपालिकाका २, माथागढीका २, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका १/१ जना रहेका छन् । योसँगै पाल्पामा कोरोना निको हुनेको संख्या ९ सय २७ पुगेको छ ।

पाल्पामा अहिलेसम्म १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय १९ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ४ सय ४६ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६० जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update