Shittalpati
नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज

पाल्पा । बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । यससँगै देशभर कूल संक्रमित मध्ये १ लाख ३१ हजार २ सय २२ संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसै गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ सय ३७ पुगेको छ । यस्तै हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५ सय ८४ जना रहेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update