गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु
बुधबार, कात्तिक १९, २०७७
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
बुधबार, कात्तिक १९, २०७७
नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय पुरूषको मृत्यु भएको हो ।
पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त
सोमबार, कात्तिक १७, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।
नेपालमा एकै दिन ३ हजार ६ सय २० संक्रमित डिस्चार्ज
सोमबार, कात्तिक १७, २०७७
नेपालमा बितेको २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरबाट आइतबार मात्र ३ हजार ६ सय २० जनाले कोरोना जितेका हुन् ।
धरौटी शुल्क नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन
आइतबार, कात्तिक १६, २०७७
धरौटी शुल्क नलिई कोरोना सक्रमितको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयको कोरोना ब्रिफिङमा धरौटी रकम नलिइ उपचार गर्न निर्देशन दिएको बताए ।
पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि
आइतबार, कात्तिक १६, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आइतबार प्राप्त विवरण अनुसार २ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग
आइतबार, कात्तिक १६, २०७७
नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित...
माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम
आइतबार, कात्तिक १६, २०७७
माथागढी गाउँपालिका १ चिदीपानीकी २५ वर्षीय कविता सारु नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी पुगिन् । गर्भ परीक्षण गराई घर फर्किने क्रममा उनलाई स्वास्थ्यकर्मीले हातमा अण्डा थमाइदिए । सुरुमा त उनलाई अचम्म लाग्यो । तर पछि उनलाई स्वयमसेविकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराए वापत गाउँपालिकाले अण्डा उपहार दिने बताएपछि...
नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज
शनिबार, कात्तिक १५, २०७७
बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । यससँगै देशभर कूल संक्रमित मध्ये १ लाख ३१ हजार २ सय २२ संक्रमणमुक्त भएका छन् ।
अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी
शनिबार, कात्तिक १५, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।
पाल्पामा एकै दिन थप ३४ जनामा कोरोना पुष्टि, ४७ जनाले कोरोना जिते
शनिबार, कात्तिक १५, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार २० पुरुष र १४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका २५, रिब्दीकोटका २,बगनासकालीका ४,रम्भाका १, पूर्वखोलाका २ जनामा संक्रमण पुष्टि भएको हो ।


