Shittalpati
एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज

पाल्पा । नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।

यस्तै शुक्रबार थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८ सय ८३ संक्रमितको संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३४ हजार ९ सय ५ छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् । नेपालमा हालसम्म कोरोनाबाट १ हजार ७० जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update